Aug 24, 2007

In pasupatinath temple

wid fren
Tuesday, November 08, 2005, 9:19:35 AM


video

मलाई मन लाग्छ



चैते हुरीजस्तै भएर बहकिन बतासिन मन लाग्छ मलाई। ती बिना कुनै गन्तब्यको बादल भएर मडारिन उडिरहन मलाई मन पर्छ। फेरि यसो सोच्छु त्यसरी आफ्नो गति छाडी बतासिरहने मडारिरहने चैते हुरी र बादललाई कस्ले पो मन परा‌‍एको छ र! बरु सबैले गाली गरेका छन्।

निकै ठूलो बिश्बास जिते आफ्नो घर-परिबारको, त्यसैले यति टाढा बिदेशमा आफूले सधै‍ ईच्छाएको बिषयमा पढ्ने भाग्य पाएकी छु। सबै नातागोताले निकै आशा राखेका छन्। यी सबै कुरा मेरो मष्तिश्कको प्रत्येक भागमा राम्ररी बिच्छिएको छ त्यो कहिले नमौलाउने दुबो झार भएर।

यी सबै कुरा बिर्सेर म महत्वकांक्षी बन्ने कोशिस गर्न सक्छु जस्तो लाग्दैन। तै पनि घरिघरि फेरि मलाई स्वार्थी नै बन्न मन लाग्छ, साउने झरिझै। त्यो झरिलाई के थाहा कि त्यस्ले परिश्रमगरी खाने किसानलाई कति रुवाएको छ भनेर। त्यो त परि नै रहन्छ, स्वार्थी।
जहिले पनि मलाई खेलबाडमा दिनहरु बिताउन मन लाग्छ, खेलिरहन नै मन लाग्छ। तर आहँ! मैले यस्तो आविवेकी बन्नु हुन्न। मैले आफ्नो उत्ताउलो मनको नचाहिंदो उत्सुक्तालाई कसैगरी भए पनि जित्नु पर्छ।

आज संसार यति आघि बढिसकेको छ, प्रतिष्पर्धाले सगरमाथा छोएको छ। गर्ने आगाडि बढेको छ, बढि नै रहेको छ तर नगर्ने चाहि पछाडि नै छुटेको छ, आल्मलिएको छ पुष माघको जूनजस्तै। यस्ता सबै बुझेकी छु मैले, फेरि, ,मन न हो! आझै पनि मलाई मात्तिन पात्तिन नै मन लाग्छ ती पहाड पर्वतबाट जिस्किदै मस्किदै झर्ने सानी नदीजस्तै गरेर। कालो आकाशको गड्याङगुडुङ जस्तै बेलाबेलामा म नझस्किएको त पक्कै होईन। आजको मनपरी हाँसखेलले भोलि सराप पो दिने होईन, आफूलाई बिश्बास गर्नेहरुका माझमा हाँसो त हुनु पर्ने होइन, डर पनि लाग्छ मलाई।

जे होस्, हिजो भर्खरैदेखि मैले आफ्नो चुलबुले मनलाई बाध्ने प्रयत्न गरिसकेकी छु।
आजकल मलाई ज्ञानी बन्न मन लाग्छ। हाम्रा महान् लक्ष्मीप्रशाद देबकोटा चुरोटले हात जलेको पनि थाहा पाउनु हुदैंन थियो आरे आफ्नो लेखनकार्यमा एकोहोरिएर! मलाई पनि त्यसरी नै आफ्नो काममा लागी पर्न मन लाग्छ। खैं किन हो कुन्नि, आजभोलि मलाई बहुलाउन मन लाग्छ। दिनमा मात्र हैन, रातभरि नैं आफ्नो पढाईमा मस्त भएर मिर्मिरे बिहानी नै बनाई दिनु मन पर्छ।

धेरैधेरै बिधाबुद्धिको सागरमा पौडिरहने रहर जागेको छ ममा। मलाई सफल हुन मन लाग्छ, सक्षम बन्नु मन पर्छ। हरियाली बसन्तझैं विवेकी बन्नु मन लाग्छ मलाई। भीर पहरामा फूलेर आफ्नो बास्ना आनि रङ्ले आरूलाई खुशी बाड्ने ती उदार लाली गुराँसजस्तै भएर फूल्न मन लाग्छ मलाई।

साँच्चै, मलाई माया गर्नु हुने मेरा घर-परिवार आनि मेरो नेपालको गौरब बन्न मलाई मन लाग्छ॒—खुशी पार्न, आझै धेरै माया पाउन,,!