Feb 21, 2006

अन्तिम बिदाइ

बितेका पलहरुलाई दाइजो बनाइ
लुकेका आँसुले प्यास बुझाइ
जांदैछु टाढा आज म प्रीय
देउ मलाइ अन्तिम......

अधुरो हाम्रो सपनालाई त्यागि
छुट्टिदै छु म पराई आँगनको लागि
क्षेमा देउ आज मलाई बिन्ति छ प्रीय तिमीलाई
हुँदै छिन तिम्रो प्रिय पराई......

डोली सजाइ गयता पनि
नठान्नु मलाइ जिउदो भनि
मोर्न सकिन तिम्रो प्रीय आज
शरीर जिउदो भयता पनि.....

गर्ने छैन बाचा अर्को जीवनको लागि
माग्ने छैन ईश्वर संग फेरि तिमि
हेर्न सक्दिन तिमिलाई म दु:खी
जिउन सक्दिन जिउदो लाश बनि......

हाम्रो मायाको बाचा देउ मलाइ
बिर्सिदिन्छु मलाइ भनि
भेट भएछ भने फेरि पनि
अपरिचित बनिदिनु भेटेको कहिले थिएन भनि.... Sad Sad

No comments: