Feb 21, 2006

"हार "

जिन्दगीको रंगमंचमा
उपहासको पात्र बनेकी छु
संसारको भीड बिच
फेरी आज एक्लिएकी छु म
प्रेमिहरुले सजिएको संसारमा
प्रेमि बिहिन प्रेमिका बन्न पुगेकी छु म
मन भित्र उर्लिएको बेदना लुकाइ
मौनताको मुर्ति बनेकी छु म
बितेका ती पलहरुलाई सम्झि
सपनाको उपनाम दिन पुगेकी छु म
काहिले नछुट्टिने हाम्रो बाचालाई
झुठो ठान्न पुगेकी छु म
कसैको जीतमा खुसि मान्दै
आफ्नै "हार"मा पनि हाँस्न पुगेकी छु म
आफ्नै "हार"मा पनि आज रमाउन पुगेकी छु म॥ :) :) :)

No comments: